धोबिनीका सम्सुल मियाँ १० किलो चरेशसहित वीरगंजबाट पक्राउ



वीरगंज । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणको चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार मंगलबार बिहान करीब १०:०५ बजे वीरगंज महानगरपालिका–१५, प्रतिमा चोकस्थित सडक क्षेत्रमा चेकजाँचका क्रममा एक व्यक्तिलाई चरेशसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरी टोलीले संकास्पद रूपमा पैदल हिँडिरहेका एक व्यक्तिलाई रोकेर खानतलासी गर्दा उनीसँग रहेको कालो ब्यागभित्र प्लास्टिकले बेरिएको १० केजी चरेश जस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्ने व्यक्ति जिल्लाको धोबिनी गाउँपालिका–५ बस्ने ४८ वर्षीय सम्सुल मियाँ रहेको प्रहरीले जनाएको छ । बरामद चरेश एक पोकामा १० किलो भेटिएको हो ।

सम्सुल मियाँलाई लागुऔषध सम्बन्धी कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज