माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार १८:२८ बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।

इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा तथा बिक्री गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र रिजालसहित ९४ जनालाई प्रतिवादी बनाएको बताइएको छ।

उक्त प्रकरणमा आयोगले ७६ करोड रुपैयाँ बिगो दाबी गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टा तथा बिक्री गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले निर्णयमार्फत सहमति दिएको विषयलाई भ्रष्टाचार कसुरसँग जोडेर मुद्दा अघि बढाइएको जनाइएको छ।

विशेष अदालत स्रोतका अनुसार अख्तियारबाट प्राप्त आरोपपत्र अध्ययन गरी मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ।

यद्यपि, मुद्दासम्बन्धी विस्तृत विवरण र आरोपपत्रका सबै विषय सार्वजनिक हुन बाँकी छन्। आरोप प्रमाणित नभएसम्म प्रतिवादीहरूलाई निर्दोष मानिने कानुनी व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्