नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र  नं.३ को क्षेत्रिय सचिवमा किरण केसीको उम्मेदवारी




काठमाडौं ।२०४७ सालबाट नेपाली  काङ्ग्रेसको साधारण सदस्यता लिएर राजनीतिक यात्रा  शुरु गरेका किरण केसीको त्यसपछिको राजनीतिक यात्रा निरन्तर अगाडी बढेको छ। उनि २०५९ सालमा तरुण दलको काठमाडौं सदस्य त्यस्तै नेपाली काङ्ग्रेसको बाह्रौं  महाधिवेशनबाट काठमाडौं क्षेत्र  नम्बर ३ को क्षेत्रिय सदस्य त्यसै गरि १३ औ महाधिवेशनबाट नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रिय कोषाध्यक्ष बनेका थिए,जो अहिले सम्म निरन्तर छँदै छ। केसीले  अब हुने काङ्ग्रेसको १४ औ महाधिवेशनमा सचिब पदमा उम्मेदवारी दिएका छन् । नेपाल मेडिकल कलेज अत्तरखेल कर्मचारी युनियनका अध्यक्ष समेत रहेका केसीले उक्त कलेजमा रोजगार गर्ने कर्मचारीहरुको पक्षमा राम्रो काम गरिदिएको त्यहाँ रोजगारी गर्ने कर्मचारीहरु नै बताउछन् । सबैलाई दु:ख पर्दा सहयोग गर्न पछाडी नहट्ने उनलाई अब हुने १४ औ महाधिवेशनमा  सचिब पदमा जिताउनुपर्ने स्थानीय नेता कार्यकर्ता सुनाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज