लेखापाल पटेलकाे लापरवाहीले ३ बर्षमा ३ वटा सरकारी माेटरसाइकल चाेरी

बीरगंज एक्सप्रेस
२०७८ मंसिर ४, शनिवार १५:२४ बजे

पर्सा, ४ मंसिर – पर्साको जगरनाथपुर गाउँपालिकाको लेखापाल संजय कुमार पटेलले प्रयोग गर्दै आएको सरकारी मोटर साईकल चोरी भएको छ । जगरनाथपुर गाउँपालिकाको नाममा दर्ता रहेको प्रदेश नं. २ काे ४६५९ नम्बरको प्लसर मोटर साईकल चोरी भएको हो ।

पटेर्वा सुगौली गाउँपालिकाको गादीमाई मेला हेर्न गएका लेखापाल पटेलले चढदै आएको १५० सिसिको प्लसर मोटरसाइकल बहिवार अवेर राती चोरी भएको हो । कार्यालयको कामकाजका लागि सरकारी मोटर प्रयोग गर्ने प्रवाधान रहेको भए पनि लेखापाल पटेलले अवेर मेला हेर्न क्रम मोटरसाइकल चोरी भएका कारण उनको गैरजिम्मेवारी रहेको देखिन्छ ।

लेखापाल पटेलले आफुले प्रयोग गरेको सरकारी मोटरसाइकल बिहिवार राती गादीमा पर्किङ्गमा राखेको बेला चोरी भएको तथा यसको बिषयमा प्रहरीलाई जानकारी गराएको बताए ।

यस अघि पनि उनले प्रयोग गर्दै आएको सखुवा प्रसौनी गाउँपालिका र जिराभवनाी गाउँपालिकाको मोटर साइकल चोरी भएको थियो । पटेलले प्रयोग गर्दै आएको ३ वटा मोटरसाइकल ३ बर्षमा चोरी भए पछि उनको मिलोमतोमा गाडीहरु चोरी हुने गरेको स्थानियहरुले शंका गर्न थालेका छन्
।
सराकारी गाडीको दुरुपयोग हुने गरेको तथा पटेलको गैरजिम्मेवारीका कारण मोटरसाइकल चोरी हुने गरेको चर्चा पालिकामा चलेको छ । यसरी उनले नै चढने गरेको मोटर साइकल ३ बर्षमा ३ पालिकाको ३ वटा मोटरसाइकल चोरी भए पछि जगरनाथपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले पनि उनको आचरणमा शंका व्यक्त गरेका छन् । उनले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको कारण पनि मोटरसाइकल चोरी हुदै आएको छ ।

पछिल्लो पटक जगरनाथपुर गाउँपालिकाको गाडी चोरी भए पछि उनले नै चढने गरेको गाडी किन ? पटक पटक चोरी हुने गरेको हो भन्ने अनुसन्धानको बिषय भएको कतिपयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्