एमाले नेता प्रसाईले काठमाडौं क्षेत्र  नं. २ बाट उम्मेदवारी दिने चर्चा



काठमाडौं । नेकपा एमालेका युवा नेता ओम कृष्ण प्रसाईले अहिलेका स्वतन्त्र नेताहरुलाई  खहरे खोलाको संज्ञा दिएका छन् ।नेता प्रसाईले अमेरिका,बेलायत जस्ता मुलुकमा समेत स्वतन्त्र नेताहरुले केही गर्न नसकेको उदाहरण दिदै पार्टीको योजना ,नीति तथा कार्यक्रम हुने हुँदा पार्टीले मात्र मुलुक हाँक्न सक्ने बताए। गठबन्धन सरकारले भ्रष्टाचार ,महँगी बढाएको भन्दै  उनले नेकपा एमालेको सरकारले  मात्र देश समृद्ध बनाउन सक्ने ठोकुवा गरे। आउदो प्रतिनिधि सभा निर्वाचनमा तपाइले नेकपा एमालेको तर्फबाट टिकट पाउने चर्चा छ नि भन्ने एक अर्को प्रसङ्गमा नेता प्रसाईंले पार्टीले अवसर दियो भने अबस्य उम्मेदवारी दिने बताए ।आफुसङ्ग लामो राजनीतिक,खेलकुद ,सामाजिक , अनुभव रहेको बताउदै उनले आफू उम्मेदवारको प्रबल दाबेदार रहेको बताउँछन् ।देश र जनताभन्दा अरु सोच्न नसकिने बताउदै उनले आफुले टिकट पाएर निर्बाचित भए जनताको मर्म भावना अनुसार काम गर्ने बताउछन् । आफुलाई राजनितीज्ञ  भन्दा पनि खेलकुदकर्मी भन्न रुचाउने प्रसाईले खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा मात्रै लिन नहुने बताउँछन् ।खेलकुदले पर्यटन ,रोजगार, अर्थतन्त्रलाई समेत टेवा पुर्याउन सक्ने हुदा यसलाई बिशेष ध्यान दिनुपर्ने उनको तर्क छ।नेता प्रसाईं नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ क का इन्चार्ज समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज