अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७९ कार्तिक ८, मंगलवार २०:२८ बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरी जिल्लाको रामगोपालपुरमा अयोजना भएको गोठबनौलि प्रिमियर लीग GPl को फाइनलमा धमौरा क्रिकेट एकेडेमी प्रबेश गरेको छ।

मंगलवार भएको खेलमा एकता युवा क्लबलाइ ६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायर खेलमा टस जितेर पहिलो बैटिङ गरेको धमौरा क्रीकेट टिमले१८ ओभरमा १० विकेट गुमाउदै ११६ रन बनाएको थियो। धमौराका लागी रुपेश यादब २४ बलमा २९ रन, राम सुजीत १९ बलमा १४ रन को योगदान गरे। एकतका लागी निरंजनले ३ विकेट लिएका थिए।

११७ रनको बिजय लिएर खेल्न आएका एकता क्रीकेट टिमले २० ओभरमा १० विकेट गुमाउदै मात्र ११० रन बनाए पछी धमौरा टिम बिजय भएका थिए। एकता टिमका लागी रामपितले १८ बलमा २८ रन, संजीत १९ बलमा १७ रनको योगदान दिएका थिए। धमौराका लागि बिबेकले ३ विकेट लिएका थिए।

खेलको म्यान अफ द म्याच बिबेक घोषित भएका थिए। भोली हुने एकता युवा क्लब र शर्मा रेड राइडर बीचको दोस्रो क्वालिफाइयर खेल हुनेछ जसमा बिजय हुने टिमले धमौरा रिम संग फ़ाइनल खेल खेल्ने कुरा आयोजक अबिसेक यादवले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय