धोबिनी गापा उपाध्यक्ष मन्जु देवीद्वरा सांसद रिजाललाई चान्दीको मुकुट लगाई सम्मान



राजन कुमार बानिया – पर्सा ११ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई चाँदीको मुकुट फुल माला लगाएर सम्मानित गरिएको छ ।

पर्सा क्षेत्र नं ४ बाटप्रतिनिधि सभामा निर्वाचित भएका माननीय रमेश रिजाललाई एक समारोह बिच हरिहरपुर गाउँमा धोबिनी गाउँपालिका उपाध्यक्ष मन्जू देबी पटेलले चाँदीको मुकुट लगाएर सम्मानित गरेका हुन् ।

निर्वाचित पश्चात मतदातालाई धन्यवाद दिन पुगेका नेतालाई धोबिनी गाँउपालिका वडा ३ हरिहरपुरमा स्थानीयले फुल माला र खादा लगाएर स्वागत गरेको नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि श्याम किसोर पटेलले जनाएका छन।

मङ्सिर ४ मा भएको निर्वाचनमा गठबंधनबाट पर्सा क्षेत्र नं ४ मा निर्वाचित भएका प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई आज पर्साको बिभिन स्थानमा सम्मानित स्वागत गरिएको हो।

कार्यक्रममा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, नेपाली काँग्रेसका युवा नेता नबिन सिंह, क्षेत्रिय सचिव बलिस्टर अहमद ,वडा अध्यक्ष राजकिसोर पटेल, बासदेव तिवारी, अमन पटेल, पवन पटेल लगायत नेता कार्यकर्ताहरुको बिजय जुलुसमा सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज