पैदलयात्रामा लुम्बिनी पुगेका २ सय कोरियाली भिक्षु फिर्ता



लुम्बिनी । दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् ।

कोरियाली बौद्ध धर्मावलम्बीहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्किएका हुन् ।



दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीहरूलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको थियो ।



उनीहरु भारतको कुशिनगर, शारनाथ र बोधगयाको भ्रमण गर्दै एक हजार किलोमिटर दुरी पैदल यात्रा गरेर लुम्बिनी आइपुगेका थिए ।

कोरियाका अग्रज बौद्ध भिक्षु छासुङ्ग सहितका १०५ जना धर्मगुरु र तीर्थयात्रीले मायादेवी मन्दिरको दर्शन गर्दै विश्व शान्तिको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज