राष्ट्रपति पौडेललाई भेटेर कांग्रेस उपसभापति गुरूङले भने – सवारीका बेला जनतालाई दु:ख नहोस्

न्यूज डेस्क
२०७९ चैत्र १, बुधवार १४:२९ बजे

काठमाडौं । नेपाली c धनराज गुरूङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आज शितल निवास पुगेर उपसभापति गुरूङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्।



उपसभापति गुरूङले समाजिक संञ्जालमा उपसभापति लेख्दै गुरूङले भनेका छन्,‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो ।’



गुरूङले राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दु:ख हुन नहुने बताए। सवारीका बेला जनतालाई दु:ख दिने पक्षमा आफू नरहेको पनि राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ। गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्