मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित



सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गर्न आदेश दिएको छ ।

मङ्गलवार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।



रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नआउन्जेलसम्मका लागि निर्वाचन स्थगित गर्न आदेश दिएको हो ।



चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन आदेश जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज