प्रचण्ड नेतृत्वको सरकार भत्काउने खेलमा कांग्रेस लाग्दैन : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान नेतृत्वको सरकार ढाल्ने खेलमा नलाग्ने बताएका छन्।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन् ।



नेता कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस नलाग्ने बताए ।



उनले भने, ‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजीमा पनि छ। त्यही भएर अहिलेसम्म टिकिराख्नुभएको छ । प्रधानमन्त्रीजीमा पनि त्यो कला छ। कलाले गर्दा नै हुने न हो। सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ।’

विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कोइरालाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत दिने तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवामा गठबन्धन सरकारमा भागबण्डा मिलाउन कला रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज