पपुवा न्यूगिनीविरुद्ध यूएईका कप्तान वासिमको शतक



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनीविरुद्ध यूएईका कप्तान मोहमद वासिमले शतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गरेका वासिमले ६० बलमा ११ छक्का र ४ चौकाको मद्दतमा शतक बनाएका हुन् ।



वासिमले भृत्य अर्विन्दसँग १ सय १६ रनको साझेदारी गरे । जारी शृंखलामा लगातार हार बेहोरेको यूएईको एकदिवसीय मान्यता र शीर्ष तीन लक्ष्य दुबै गुमिसकेको छ ।



भने, पीएनजी पाँच जित मात्रै निकालेर ११ अंकसहित पुछारमा छ । आज यूएईलाई पराजित गर्दै लिग २ शृंखलामा सुखद अन्त्य चाहेको पीएनजीको सपना अधुरो रहने लगभग निश्चित छ । यूएईले अन्ति खेल बिहिबार नेपालसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज