ए डिभिजन लिगमा एपीएफले आर्मीलाई हरायो



काठमाडौं । एपीएफ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।



एपीएफको जितमा खेलको ३६औं मिनेटमा मणि कुमार लामाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।



जारी लिगमा एपीएफको यो दोस्रो जित हो । यो खेलपछि एपीएफको र खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक भएको छ ।

आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज