कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा एमालेको उजुरी



काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो ।

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेको एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेबाट मौनअवधि सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज