बिहीबारको टिकट बिक्रीको सबै पैसा खेलाडी कोषमा जम्मा गर्ने क्यानको घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेलको टिकटबाट उठ्ने रकम क्रिकेट खेलाडीको कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।

बुधबार क्यानले टिकटको रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले बिहीबार यूएईविरुद्ध खेल्दैछ ।



विश्वकप छनोटमा पुग्न नेपाललाई जित्नैपर्ने दबाब रहेका कारण पनि यो खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० हजार भन्दा धेरै दर्शक पुग्ने अनुमान छ ।



र, क्यानले समर्थकबाट उठेको रकम क्रिकेट खेलाडीको कल्याणकारी कोषमा जम्मा गर्ने जनाएको हो । जारी शृंखलामा नेपालले पहिलो खेलमा पीएनजी, दोस्रोमा यूएई र तेस्रो खेलमा पीएनजीलाई हराउँदै अपराजित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज