बैंकिङ कसुरका फरार प्रतिवादी निरञ्जन पक्राउ



जाजरकोट । जाजरकोटमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको कुशे गाँउपालिका वडा नम्बर ८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।



प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो । सोही आधारमा सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।



पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज