गठबन्धनको मर्म अनुसार अघि बढ्ने १० दलमा समझदारी, उपराष्ट्रपतिबारे भएन सहमति



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठकले दलीय एकतालाई थप मजबुद बनाउने समझदारी गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा गठबन्धनको मर्म अनुसार अघि बढ्ने समझदारी भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।



उनले १० दलीय गठबन्धनलाई थप मजबुद बनाउँदै अघि बढ्ने समझदारी भएको बताए । यस्तै उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे समझदारी भएको छैन् । गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् ।



यसअघि बुधबारै बसेको कांग्रेस बैठकले जसपाका यादवलाई मत दिने निर्णय गरिसकेको छ । ममता झालाई लोसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थन छ । बिहीबारसम्म साझा उम्मेदवार तय हुने र एकजनाको निष्क्रिय गर्ने सहमति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज