रुपन्देही । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मामिलामा जनप्रतिनिधिहरू विभाजित हुन नहुने बताएका छन् ।
तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानको १०० औं श्रृंखला मूल समारोहलाईं सम्बोधन गर्दै नेता पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरू एक ठाउँमा हुनुपर्ने बताएका हुन् ।
उनले विकास कुनै व्यक्ति वा दलका लागि मात्र नभइ सबै नागरिकका लागि हुने बताए ।
रुपन्देहीमा सुरु गरिएका विकासका रोलमोडल र एकतालाई अरुले पनि अबलम्बन गर्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया!