विशेष अदालतबाट सडक विभागका इन्जिनियर यादवले पाए सफाइ

न्यूज डेस्क
२०७९ चैत्र १, बुधवार २१:३६ बजे

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ असार ०७७ मा उनीमाथि एक करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै आरोप–पत्र दायर गरेको थियो ।



तर बुधबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले कसुर नठहरिने निर्णय सुनाएको हो ।



उनले अवकाश प्राप्त गरेपछि मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्