प्रधानमन्त्री प्रचण्डको ट्विटर अकाउन्ट ‘ह्याक’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक ट्विटर ह्यान्डलमा समस्या आएको छ ।

आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएपछि ट्विटर ह्याक भएको आशंका गरिएको हो ।



प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले उक्त ट्विटर ह्यान्डलमा समस्या देखिएको र प्राविधिक टोलीले हेरिरहेको जानकारी दिए ।



बिहीबार बिहान ८ बजेसम्म तीन असान्दर्भिक पोस्ट रिट्विट गरिएको देखिन्छ । ह्याक भएको हो कि के हो प्राविधिक विश्लेषणपछि थाहा हुने शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज