उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले बोलायो पदाधिकारी बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारीको बैठक बोलाएको हो ।



बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय हुनेछ ।



उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन ।

यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज