सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुन चैत १७ गते विश्वासको मत लिन लागेका हुन् ।
उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएकाले चैत १७ गते विश्वासको मत लिने छन् ।
प्रतिक्रिया!