काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबारसम्म अन्तिम रुप प्राप्त गर्ने बताएका छन् ।
प्रमुख सचेतक लेखकले भोलिसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका हुन् ।
प्रमुख सचेतक लेखकले भने, ‘न्युनतम कार्यक्रम बनिराखेको छ । साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौं । केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने । भोलिसम्ममा साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ ।’
उनले नयाँ मन्त्रीहरुको शपथ पनि चाँडै हुने बताए । उनले कार्यक्रमको मस्यौदा सत्तारुढ गठबन्धनका नेताहरुसमक्ष पुगेको र आवश्यक संशोधनका लागि आज सम्मका लागि समय दिइएको बताए ।
प्रतिक्रिया!