बालुवाटारको खाजा : भुटेको मकै र मही !



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा खाजाको रुपमा मकै र मोही खाएका छन् ।

सरकार विस्तारको लागि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले मकै र मोही खाजाका रुपमा खाएका हुन् ।



बुधबारको दोस्रो बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले बालुवाटारको खाजा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।



भुटेको मकै र मोही खाइरहेको फोटोहरु सार्वजनिक उनले गाउँको बाल्यकालको याद आएको उल्लेख गरे ।

भट्टराईले सामाजिक सञ्जालमा खाजा खाँदै तस्बिर राखेर लेखेका छन्,’बालुवाटारको खाजा ! भुटेको मकै र मही ! गाउँको बाल्यकालको याद !’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खाजामा मात्रै लाखौँ रुपैयाँ खर्च हुने गरेको तथ्य यसअघि पटक–पटक सार्वजनिक हुने गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज