प्रहरीको भ्यानले ठक्कर दिँदा दुईजना गम्भीर घाइते, हेटौंडाको अवस्था तनावपूर्ण



हेटौंडा । हेटौंडामा प्रहरीको भ्यानले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडास्थित बुद्धचोकमा मा बुधबार साँझ प्रहरीको भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका हुन् ।



प्रहरीकै भ्यानले ठक्कर दिएपछि हेटौंडाको अवस्था तनावपूर्ण बनेको छ । उनीहरुको परिचय खुलेको छैन् । हेटौंडाबाट नारायणगढतर्फ गैरहेको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रहरीको भ्यानले ठक्कर दिएको बताइएको छ ।



घाइते एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल र अर्कालाई हेटौंडाकै मोडर्न अस्पताल लगिएको छ । प्रहरीले नै सर्वसाधारणमाथि खेलवाड गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । अहिले हेटौँडामा प्रहरीको बाक्लो उपस्थिती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज