वीरगंजमा १९ किलोभन्दा बढी चरेस बरामद, तस्कर फरार

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ माघ २, बुधवार १८:३२ बजे

वीरगंज । वीरगंज महानगरपालिका–१६ गणेश टोलमा प्रहरीले ठूलो परिमाणको चरेस बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको वडा प्रहरी कार्यालय विर्ताको टोलीले १९ किलो ५०० ग्राम चरेस बरामद गरेको हो । प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार गणेश टोलको भित्री सडकमा मोटरसाइकलमा बोरामा राखिएको अवस्थामा चरेस बरामद गरिएको हो । घटनास्थलमा प्रहरी पुग्दा नम्बर नखुलेको मोटरसाइकलसहित तस्कर फरार भएका थिए ।

बरामद गरिएको चरेस १३ वटा प्याकेटमा रहेको थियो। उक्त चरेस हाल प्रहरी कार्यालयमा राखिएको छ भने फरार तस्करको खोजी भइरहेको निरीक्षक चौलागाईले जानकारी दिए ।

प्रहरीले तस्करीको नेटवर्क र यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्