पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहा जसपा प्रवेश



विरगंज । पर्सा छिपहरमाई गाउँपालिका वडा नं ५ का स्थायीवासी तथा पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले आज यहाँ आयोजित एक कार्यक्रमाबीच उनलाई पार्टी प्रवेश गराएका हुन् ।

पूर्व प्रहरी निरीक्षक कुस्वाहालाई प्रवेश गराउन पाएकोमा आफू निकै खुशी भएको मन्त्री यादवले बताए ।

‘आज मिति २०८१ माघ ११ गते, जनता समाजवादी पार्टी (जसपा), मा पर्सा जिल्ला, छिपहरमाई गाउँपालिका, वडा नं. ५ निवासी पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुसवाहाजसपा)मा प्रवेश गर्नु भएको छ ।

नवप्रवेशी कुसवाहा ज्युलाई पार्टी मा स्वागत गरेको छु ।’ उप–महासचिव एवम् मन्त्री प्रदीप यादवले समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज