पर्साको नयाँ प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र आउदै



वीरगंज । पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलसहित १७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

पर्सामा कार्यरत ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्साल काठमाडौंमा काज सरुवा भएको हो ।

शुक्रवार गरिएको काज सरुवा अनुसार एसपी ढुंगेलको ठाउँमा पर्सामा नयाँ प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र आउने भएका छन् ।

तिन महिनाअघि मात्र चितवनमा गएका गौतम मिश्र जिल्ला प्रहरी कार्यालय पर्सामा आउने भएका हुन ।

प्रहरी प्रधान कार्यालयले माघ ११ गते गरेको काज सरुवामा १७ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । सरुवासँगै केहि जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्की प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ।

यस्तो छ सुची, हेर्नुहोस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज