वीरगञ्ज । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ।
त्यस्तै, आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।


तपाईको प्रतिक्रिया !