काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान पौने ७ बजे काठमाडौंस्थित डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएको कारागार प्रशासनले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतको पत्राचारपछि संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको हो । ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार उनले उक्त सुविधा पाएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको फैसलाअनुसार कैद सजाय भोगिरहेका रायमाझी उमेरका आधारमा पाउने छुट सुविधापछि कारागारमुक्त भएका हुन् ।


तपाईको प्रतिक्रिया !