बिरयानीमा साङ्लो भेटिएपछि वीरगञ्जको होटललाई २ लाख जरिवाना

NEWS DESK
२०८३ कार्तिक २५, बुधवार १८:२९ बजे

वीरगञ्ज । बिरयानीमा साङ्लो भेटिएको भिडियो सार्वजनिक भएपछि वीरगञ्जको छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा उक्त होटलको भान्सा तथा परिसरमा गम्भीर सरसफाइ अभाव भेटिएको थियो। अनुगमन टोलीले दहीमा किरा परेको तथा मासु सडेको अवस्थामा फेला पारेको जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि होटल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

अनुगमन टोलीले होटल सञ्चालकलाई तत्काल सरसफाइमा सुधार गर्न र खाद्य सामग्री सुरक्षित तथा स्वच्छ तरिकाले भण्डारण गर्न निर्देशन दिएको छ। साथै, थप प्रक्रियाका लागि सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नसमेत भनिएको छ।

यस घटनाले वीरगञ्जका होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्