राजन कुमार बानिया पर्सा ३० चैत । उपाध्यक्ष कन्यादान बिबाह रकम अनुदान बितरण समहारोह कार्यक्रम अाज पर्साको पकहा मैनपुर गाउँपालिका को सभाहल मा सम्पन्न भएको छ।पकहामैनपुर गाउँपालिका ले अायोजना गरेको कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुन ले उपाध्यक्ष कन्यादान बिबाह रकम एक जना लाई ४५ हजार दिने अाफ्नो योजना मा राखेर बितरण गरिएको छ।कन्यादा बिबाह रकम बितरण कार्यक्रम उपाध्यक्ष सर्फुनेशा खातुन को अध्यक्ष मा भएको कार्यक्रम मा प्रमुख अतिथि सुरेश मेहता को प्रमुख अतिथ्यमा भएको कार्यक्रम मा पकहामैनपुर गाउँपालिका को वडा १ देखि ५ सम्म का युवती हरु बीस वर्ष पुगि बिबाह हुन लागेको लाई २६ जना लाई उपाध्यक्ष कन्यादान बिबाह अनुदान रकम बितरण गरिएको छ। यो कन्यदान बिबाह अनुदान बाट बाल बिबाह रोकथाम मा सहयोग पुगने गाउँपालसका उपाध्यक्ष सर्फुनेशा खातुन को जोडरहेको छ। गाउँ घरमा सानै उमेर मा बिबाह गर्दा बालिका हरु लाई बिभिन किसम का हुने समस्या लाई मध्यनजर गरि बालबिबाह रोकन यो योजना ल्याएको उपाध्यक्ष सर्फुनेशा ले बताईन। बिकास भने को भौतिक बिकास सडक र भवन बनाउने मात्र होईन ,महिला बालबिकास, युवा हरु को बिकास जरुरी रहेको छ। अाउने दिन मा बालबिबाह रोकन बीस वर्ष पुगि बिबाह हुने कन्यादान हरु लाई एक लाख कन्यदान बिबाह अनुदान रकम दिने घोषण गर्नु भएको हो। प्रमुख अतिथी रहनु भएका गापा अध्यक्ष मेहता ले भने यो कदम सराहनिय रहेको ले अाउने दिन मा विशेष सहयोग गरिने बताए ।कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहा ले भने गाउँपालिका बाट बैचल पढने छात्रा हरु लाई शिक्षा को लागि समेत सहयोग गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रम मा बिशिस्ट अतिथी पुर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ , वडा अध्यक्ष बलिराम प्रसाद चौरसिया, नेपाली काँग्रेस का नेता लक्ष्मण प्रसाद कुर्मी ,हरी चौहान, राकेस कुशवाहा,कार्यालिका सदस्य रामबहादुर सोनार ,नेकमहम्द मियाँ , रमावती देबी,अनिल साह तेली , दिलीप शर्मा ,लगायत जनप्रतिनिधि र कर्मचारी हरु को सहभागीता रहेको थियोे ।