जयमंगलापुरमा परम्परागत कुस्ती प्रतियोगिता सम्पन्न, नेपाल–भारतका पहलवानले देखाए दमदार प्रदर्शन

न्यूज डेस्क
२०८३ कार्तिक २४, मंगलवार ०९:३१ बजे

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा आयोजित कुस्ती प्रतियोगिता सोमबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

हरेक वर्ष आयोजना हुँदै आएको उक्त मेलालाई निरन्तरता दिँदै यस वर्ष पनि वडा समितिको आयोजनामा कुस्ती प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा नेपाल र भारतका चर्चित महिला तथा पुरुष पहलवानहरूले सहभागिता जनाउँदै आफ्नो खेलकौशल प्रदर्शन गरेका थिए।

स्थानीय मौलिक खेलकुद र परम्परागत कुस्ती संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता अवलोकन गर्न स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। पहलवानहरूबीच भएका प्रतिस्पर्धात्मक खेलले दर्शकलाई रोमाञ्चित बनाएको थियो।

वडा अध्यक्ष दीपेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेला समितिका अध्यक्ष सिकन्दर साह कानु, नेपाली कांग्रेस पर्साका सहसचिव एवं गाउँपालिका अध्यक्षका प्रत्यासी नवीन कुमार सिंह, वडा सचिव राजकिशोर प्रसाद चौरसिया तथा कार्यपालिका सदस्य भगिया देवीलगायतको विशेष उपस्थिति रहेको थियो।

स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै निरन्तर आयोजना हुँदै आएको यस मेलाले गाउँघरमा आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको भावना बलियो बनाउनुका साथै परम्परागत खेलकुद संस्कृतिको जगेर्नामा समेत योगदान पुर्‍याउँदै आएको स्थानीयवासीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्