अपडेट 
अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड | ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि… | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ |
२०७९ माघ २२, आईतवार १९:३६ बजे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ :
समाजिक विकास मन्त्री सुरिता कुमारी साहले जनकपुरधामको प्रादेशिक अस्पताल सबैको सम्पती रहेकाले सवै मिले मात्र विकास हुने बताएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेशकै गौरव र जनताको स्वास्थ्य संग जोडिएको संवेदनशिल संस्था प्रतिष्ठान र त्यस अधिनस्त रहेको प्रादेशिक अस्पताल सबैका लागि उतिकै आवश्यक रहेकाले सबैले साँझा सम्पतीको रुपमा संरक्षण र विकास गर्न आवश्यक रहेको बताए ।

मन्त्री साहले प्रतिष्ठान निर्माणमा विज्ञहरु सहित आफुहरुको पनि धेरै मेहनत र परिश्रम लागेकाले सबैले संरक्षकत्व र अपनत्व ग्रहण गरे मात्र संरक्षण र विकास हुने तथा गुणस्तरीय सेवा उपलब्ध हुने बताए । कार्यक्रममा उपस्थित प्रदेश सांसद रामसरोज यादव, सञ्जय कुमार महतो, पुर्व सांसद परमेश्वर साहले प्रतिष्ठान सम्बन्धी ऐन वर्षौ सम्म समितिमा अडकाइएको र पछि पारित भएको स्मरण गर्दै अन्य प्रदेशका जनताको समेत सदभावले यस्ता प्रतिष्ठानहरु प्रगती गरिरहेको भएपनि मधेश प्रतिष्ठानको अवस्था चुनौती पुर्ण रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साह, रजिष्ट्रार डा. बिनोद यादव र प्रशासन प्रमुख सन्तोष ठाकुरले प्रतिष्ठानको अहिले सम्मको प्रगती, चुनौती र समस्याका साथै तिनै तहको सरकारको समन्वय सम्बन्धनमा प्रकाश पारेका थिए । कार्यक्रममा जनकपुरधामका पुर्व मेयर लालकिशोर साह, अस्पतालका निर्देशक डा. प्रमोद यादव, डा. जामुन सिंह, डा. रामनरेश पण्डित सहितको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय