पर्सा : प्रहरीकै मिलोमतोमा राँगा भैंसी तस्करी ।



बिरगंज – पर्साको ग्रामिण भेगमा पर्ने पाण्डेपुर , पीडारी र जानकीटोला सिमानाकाबाट दुहिने भैसी देखी मासुजन्य रांगा भैंसी रातिराती खुलेआम तस्करी भइरहेको छ ।

तस्करहरुले भारत बिहारको विभिन्न ठाँउबाट रागां भैंसी खरिद गरि राति १० बजे देखी बिहान ४ बजे सम्म दुबै सुरक्षाकर्मी संगको सेटिङमा तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

पर्सा जिल्लाको पस्चिमी सिमानाकामा हुने रागा भैंसी तस्करीका मुख्य नाइके हुन भारतीय तस्कर महादेव । भारतीय तस्कर महादेवले रागां भैंसी तस्करी गरि ल्याएर जगरनाथपुर पशु बजार लगाई दिने मौखिक जिम्मा नै लिएका हुन ।

सीमानामा रहेको जगरनाथपुरमा सञ्चालन गरेको पशु बजारमा भारतबाट तस्करी भई आएको भैँसी खरिद बिक्री हुने गरेको स्थानीयहरुले नाम नखोल्ने सर्तमा बताएका छन ।

भारतबाट अबैध रुपमा राँगा भैंसी तस्करी गरेर बजारमा ल्याई बजारबाट नेपाली रागा भैंसी बनाएर कागजपत्र बनाई ट्रकमा लोड गरी काठमाडौं, पोखरा जस्ता बिभिन शहरमा पठाउने गरिएको छ ।

भारतीय तस्कर महादेव माथी तस्करी मुद्दा र पुरानो कुनै मुद्दा रहेको कारण  ६ महिना देखी बिहारको जेलमा  थिए । महादेव जेलबाट रिहा हुनै बितिकै बन्द रहेको रागा भैंसी तस्करी पुन्ह ३ हप्तादेखी संचालनमा आएको स्रोतले जनाएको छ ।

सीमा नाकादेखी जगरनाथपुरको बजारसम्म प्रहरीकै निगरानी र स्कर्टिङमा राँगा भैसीलाई जगरनाथपुर हाट बजार पुर्याइने गरेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज