नेपाल टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड

न्यूज डेस्क
२०८० श्रावण २४, बुधबार ०८:०४ बजे

काठमाडौं । नेपाल टेलिकमका दश लाख रुपियाँको रिचार्ज कार्ड हराएका छन् ।

बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी गराएको हो ।

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ ।

यदि कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिनहुन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्