आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

न्यूज डेस्क
२०८० आश्विन १६, मंगलवार १२:४१ बजे

काठमाडौं । आज साताको तेस्रो कारोबार दिन मंगलबार पनि स्थानिय बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।

मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्