आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार ०९:२९ बजे

काठमाडौँ । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

यसअघि पहिलो चरणको कार्यक्रम हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियो । तर, यस वर्ष दसैँको सार्वजनिक बिदा परेका कारण कार्यक्रमको मिति परिवर्तन गरी आज र भोलि सञ्चालन गर्न लागिएको हो ।

नेपाल सरकारले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ ।

बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यस अभियानमा आफ्ना बालबालिकालाई तोकिएको उमेरअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सरकारले अभिभावकलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्