पकाहामैनपुर युवा सञ्जालको बैठक सम्पन्न,भ्रस्टाचार मुक्त अभियान सञ्चालन गर्ने निर्णय

बीरगंज एक्सप्रेस
२०७८ श्रावण १६, शनिबार १२:३७ बजे

बिरगंज , १६ साउन  l पकाहामैनपुर युवा सञ्जालको कार्यकारिणी समितिको बैठक आज पकाहामैनपुर गाउँपालिकाको वडा नं २ मधुबनीमा सम्पन्न भएको छ ।

बैठकले साउनको १७ गते देखि संगठन सुदृढीकरण गरी र भ्रस्टाचार मुक्त अभियान  सञ्चालन गर्ने निर्णय गरको छ । अभियान सञ्चालनका लागि कार्यकारिणी संयोजक र  सदस्यहरूको कार्य विभाजन गरिएको छ ।

बैठकले गाउँपालिका  विरुद्ध भन्डाफोर अभियान चलाउने , गाउँपालिका अन्तर्गत भएको विकास निर्माणको अनुगमन गर्ने  र गाँउपालिका अन्तर्गत समिति गठन गरिने निर्णय गरिएको हो।

त्यसैगरी बैठकले पकाहा मैनपुर युवा सञ्जालको सल्लाहकार समिति चयन गरेको नेकपा युवा नेता अकलेश साहले जानकारी दिनुभयो । बैठकमा राजेश सहनी,सिकेन्द्र सहनी, प्रमोदराज पटेल, अकलेश पटेल, प्रमोद दास, ईश्वर सहनी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्