लागुऔषध गाँजासहित विश्रामपुरका छोटु गुप्ता पक्राउ

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ श्रावण ६, आइतवार २२:५८ बजे

वीरगंज । बहुदरमाईमा पाँच किलो गाजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुरका १८ वर्षीय छोटु गुप्ता रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाटाबाट खटिएको प्रहरी टोलीले शनिबार  बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुरबाट गुप्तालाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा भेटिएका गुप्तालाई रोकी कानुनी रित पुर्वक खानतलासी गर्दा निजले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखिएको ५ किलो प्रतिवन्धित लागु औषध गाँजासहित पक्राउ गरेको हो ।

उनलाई लागू औषधसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्