वीरगंज । बहुदरमाईमा पाँच किलो गाजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुरका १८ वर्षीय छोटु गुप्ता रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाटाबाट खटिएको प्रहरी टोलीले शनिबार बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुरबाट गुप्तालाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा भेटिएका गुप्तालाई रोकी कानुनी रित पुर्वक खानतलासी गर्दा निजले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखिएको ५ किलो प्रतिवन्धित लागु औषध गाँजासहित पक्राउ गरेको हो ।
उनलाई लागू औषधसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया!