वीरगंजमा १९ किलोभन्दा बढी चरेस बरामद, तस्कर फरार



वीरगंज । वीरगंज महानगरपालिका–१६ गणेश टोलमा प्रहरीले ठूलो परिमाणको चरेस बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको वडा प्रहरी कार्यालय विर्ताको टोलीले १९ किलो ५०० ग्राम चरेस बरामद गरेको हो । प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार गणेश टोलको भित्री सडकमा मोटरसाइकलमा बोरामा राखिएको अवस्थामा चरेस बरामद गरिएको हो । घटनास्थलमा प्रहरी पुग्दा नम्बर नखुलेको मोटरसाइकलसहित तस्कर फरार भएका थिए ।

बरामद गरिएको चरेस १३ वटा प्याकेटमा रहेको थियो। उक्त चरेस हाल प्रहरी कार्यालयमा राखिएको छ भने फरार तस्करको खोजी भइरहेको निरीक्षक चौलागाईले जानकारी दिए ।

प्रहरीले तस्करीको नेटवर्क र यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज