पहिरोले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु, तीन जना बेपत्ता

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १७, मंगलवार ०४:०२ बजे

म्याग्दी । म्याग्दीमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ रुमको तामिङमा घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो ।

घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । भने अन्य तीन जना बेपत्ता भएका छन् ।



गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्