आधारभुत बिधालय कंचनपुर बैरियामा गिरिको अध्यक्षतामा ब्यवस्थापन समिती गठन

संवाददाता
२०८० बैशाख १५, शुक्रबार १९:१४ बजे

पर्सा १५ बैशाख । पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा न-३ मा रहेको आधारभुत बिधालय कंचनपुर बैरियामा १७ बर्ष पछि अाज बिधालय ब्यवस्थापन समिती गठन भएको छ। बिधालय ब्यवस्थापन समिति को बैठक बाट अध्यक्ष पदमा ज्वाला गिरि (जितेन्द्र) लाई निर्बरोध चयन गरिएको छ। अधारभुत बिधालय कंचनपुर बैरिया मा बिधालय ब्यवस्थापन समिति नरहेको कारण बिधालय मा समस्या देखिए को ले शुक्रबार नयाँ नेतृत्व युवा अबिभावक ज्वाला गिरि जितेन्द्र को अध्यक्ष्ातामा बिधालय ब्यवस्थापन समिति चयन गरिएको छ। सदस्य हरु मा बिरशम्षेर गिरि,अब्दुलसेर मियाँ ,गरहनी देबी चौधरी,संगिता देबी चौधरी ,मनिता देबी माझी समेत लाई नयाँ समिति सर्बसहमती बाटचयन गरिएको हो।

नयाँ बिधालय ब्यवस्थाठपन समिति ले बिधालय को उन्ति प्रगति र पठन पाठन मा सहयोग पुगने अबिभावक हरु लाई बिश्ववास रहेको छ। प्रअ राजेश गिरी,वडाध्यक्ष माधो राउत थारु, पटेर्वासुगौली गाउँपालिका समाजिक बिकास संयोजक ,शिक्षा समिति सदस्य वडा नं २ का वडाध्यक्ष बिजय गैरै, हैदर अन्सारी, मुना तिवारी, लगायत को सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

संवाददाता

संवाददाता

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्