उपराष्ट्रपतिका उम्मेदवार यादवले मागे लिङ्देनसँग भोट, लिङ्देनको जवाफ – पार्टीमा छलफल गर्छु



[ad_1]

काठमाडौं । उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार यादवले चुनावमा सहयोग गर्नको माग गर्दै अध्यक्ष लिङ्देनसँग भेट गरेका हुन् ।



संघीयता, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै उपराष्ट्रपतिमा सहयोग गर्न उनले आग्रह गरे । जवाफमा लिङ्देनले उपराष्ट्रपतिको चुनावको विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने प्रतिक्रिया दिएको बताइएको छ ।



नेता प्रदीप यादवले भने, ‘राजेन्द्रजीको प्रतिक्रिया सकारात्मक थियो तर उहाँले पार्टीमा छलफल गरेर यसको बारेमा थप जानकारी गराउने भन्नुभएको छ ।’ सकारात्मक संकेत पाएको कारण राप्रपाको मत पनि रामसहाय यादवलाई आउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

उपराष्ट्रपतिका लागि आठदलीय गठबन्धनबाट यादवसँगै जनमत पार्टीकी ममता झा तथा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेका छन् ।



[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज