
वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) पर्साका क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राले उद्घाटन गरेका छन् ।
टुर्नामेन्टकाे उद्घाटन गर्दै क्षेत्रिय सभापति मिश्रले खेलले समाजिक एकता कायम राख्ने माध्यम भएकाे वताए । उनले भने “खेल मानव जीवनको एक महत्वपूर्ण पक्ष हो । यसले शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक सन्तुलन र सामाजिक एकता कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्दछ ।”
रास्वपाका स्थानिय नेता इम्ताफ आलमकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा आयाेजक विवेक शाह तेली, अजाज मिया, हाफि आलम लागायत स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे ।
छिपहरमाई गाउँपालिका वडा नं. ४ शिबर्वा र जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटाेला बिच भएकाे उद्घाटन खेलमा जानकी टाेला विजयी भएकाे हाे ।