अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०७९ भाद्र १९, आईतवार १४:४१ बजे

भक्तपुर । फस्ट भक्तपुर wikf जिल्ला ग्रेडिङ सेमिनार सम्पन्न भएको छ। भक्तपुरको सुर्यबिनायक नपा ७ गुन्डुमा विभिन्न जुनियर तथा सिनियर खेलाडीहरुलाई प्रमुख अतिथी यसै वडाका वडा अध्यक्ष रबिन्द्र सापकोटा लगायत wikf का प्रमुख प्रशिक्षक मान बहादुर  मोक्तानले बेल्ट तथा प्रमाणपत्र बितरण गरेका थिए।
कार्यक्रमको अतिथीहरुमा यसै वडामा रहेको  श्री भैरबी आधारभूत बिद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत लगायत wikf   बागमती प्रदेश प्रमुख तेज बहादुर बल ,बरिस्ठ प्रशिक्षक प्रेम कुमार मोक्तान,wikf का महासचिव तथा गुन्डु डोजोका प्रमुख प्रशिक्षणक सन्जय जंग शाहीको उपस्थिति रहेको थियो।
युवा संघका केन्दिय सदस्य तथा wikf का उपाध्यक्ष अजय जंग शाहिको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी यसै वडाका वडा अध्यक्ष सापकोटाले खेलाडीले नै देश चिनाउने काम गर्ने भन्दै वडा बाट सक्ने सहयोग गरिने बताए। कार्यक्रममा बोल्दै wikf का प्रमुख प्रशिक्षक मान बहादुर मोक्तानले यस वडा बाट कुशल खेलाडी जन्माउने बाचा गर्दै सबैले कराते खेललाई माया गरेर साथ र सहयोग गरिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय