पत्रकार महासंघको बैठक सम्पन्न, मंसिर २८ गते सर्राफको श्रद्धाञ्जली सभा र पुस १ गते सधारणसभा गर्ने निर्णय



वीरगंज – १९ मंसिर। नेपाल पत्रकार महासंघ पर्सा शाखाले कार्यसमिति सदस्य एवं कृयाशील युवा पत्रकार स्वं नरेश सर्राफको चिर आत्माको शान्तिको लागि शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सोमबार पत्रकार महासंघको भवनमा सम्पन्न शाखाको बैठकले स्वं सर्राफको १३ औ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा आयोजन गर्ने निर्णय पनि गरेको महासंघ पर्साका सचिव भूषण यादवले बताए ।

मंसिर २८ गते बुधबार श्रद्धाञ्जली सभाको आयोजन हुने छ ।

यस्तै बैठकले शाखाको बार्षिक सधारण पुस १ गते गर्ने निर्णय गरेको छ ।

प्रदेश र केन्द्रको सधारण सभा भन्दा अगाडि नै जिल्लाको सधारण सभा गर्नु पर्ने केन्द्रीय परिपत्रको आधारमा पर्सा शाखाको सधारण सभा पुस १ गते शुक्रबार गरिने निर्णय भएको सचिव यादवले बताए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

सधारण सभाको आवश्यक व्यवस्थापनको लागि अध्यक्ष तिवारी ,सचिव भूषण यादव र कोषाध्यक्ष संजिव मिश्रालाई जिम्मेवारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज