कटहरिया प्रीमियर लिगमा युनाइटेड क्रीकेट क्लब विजयी



वीरगंज । रौतहट जिल्लाको कटहरियामा मंगलबार सम्पन्न कटहरिया  प्रीमियर लिग मेयर कप T-20 नक आउट टुर्नामेन्टमा आज युनाइटेड क्रीकेट क्लबले मकवानपुर क्रीकेट क्लब विरुद्ध शानदार जित निकालेको छ ।

कटहरिया खेल मैदान परिसरमा आयोजित क्रीकेट प्रतियोगितामा युनाइटेड क्रीकेट क्लबले मकवानपुर क्रिकेट क्लब लाई १४ रन पराजित गर्दै शानदार जित निकालेको हो ।

मकवानपुर क्लबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो भने पहिलो ब्याटिङ गर्दै २० ओभरमा युनाइटेड क्रीकेट क्लबको ८ विकेट गुमाएर १२९ रनको लक्ष्य दिएको थियो ।

युनाइटेडको तर्फबाट इम्रान शेखले ४१ बलमा एक छक्का र ३ चौकाको सहयोगमा सर्वाधिक ४६ रन बनाए भने सन्तोष कार्किले पनि ३३ बल खेलेर दुई छक्का र एक चौकाको सहयोगमा २९ रन जोडे । मकवानपुरको बलिङका क्रममा दिएको दश व एक्स्ट्रा रन पनि युनाइटेडको जितमा सहायक बन्यो ।

मकवानपुरको तर्फबाट ब्याटिङ गर्न उत्रेका गौरभ खड्काले २६ बलमा तिन चौकाको सहयोगले २५ रन जोडे भने शुभ खन्सारले १३ बल खेलेर तिन चौकाको सहयोगमा १७ रन जोडे । त्यस्तै रोहित ठाकुरले २३ बलमा दुई छ्क्काको सहयोगले टिमका लागि २६ रन जोडे । अन्य ब्याटरहरूको प्रदर्शनी भने खासै सन्तोषजनक रहेन ।

बलिङ तर्फपनि युनाइटेडले उत्कृष्ट प्रदर्शनी गर्‍यो । युनाइटेडबाट सैफुल्लाह अन्सारीले ह्याटि्रक विकेट लिदै ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रन्जित कुमारले पनि ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने समसाद राजाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । उत्कृष्ट बलिङ गरेका सैफुल्लाह अन्सारीलाई प्लेयर अफ द म्याच समेत घोषित गरियो  ।

प्रतियोगितामा पर्सा क्रिकेट सङ्घका उपाध्यक्ष मुर्तुजा हवारी, युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासिम अन्सारी लगायतको उपस्थिति थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज