कालिकामाई गाउँपालिकाकाे उपाध्यक्ष चढने गाडीकाे दुरुपयाेग, सम्बन्धित निकाय माैन



वीरगंज, १० असाेज । पर्साकाे कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष राजमती बरैनी चढने गाडीकाे दुरुपयाेग बढेकाे छ । गाउँपालिकाकाे प्रदेश ३-०१ ००२ झ ४९९० नम्बरकाे ईसुजु गाडीकाे दुरुपयाेग बढेपनि सम्बन्धित निकाय केही गर्न नसकेकाे गाउँबासीहरुले गुनासाे गरेका छन् ।

उपाध्यक्ष बरैनी मातहत रहेकाे साे गाउँपालिकाकाे गाडी उनी भन्दा बढी उनका श्रीमान् राधाकिशुन प्रसाद चाैरसियाले प्रयाेग गर्दै आएका छन् । आफ्नाे व्यक्तिगत कामकाे साथ साथै उनी पार्टी कार्यक्रममा पनि त्यँही गाडीकाे प्रयाेग गर्दै आएका छन् ।

स्थानिय प्रत्यक्ष दर्शीका अनुसार उनले संचालन गरेकाे पसलकाे कामले हाेस वा उनी आवद्ध रहेकाे पार्टीकाे कार्यक्रम हाेस सबै थाेकमा उपाध्यक्ष बरैनी चढने गाउँपालिका कै गाडी प्रयाेग हुँदै आएकाे छ । त्यती मात्र हाेइन पार्टीकाे कार्यक्रमहरुमा पनि त्यहीँ गाडीबाट कार्यकर्ता ओसारपाेसार गर्ने काम समेत गर्ने गरिन्छ । तर सम्बन्धि निकाय केही गर्दैन ।

त्यती मात्र कहाँ साेही गाडी उनका आसेपासे कार्यकर्ताहरुले पनि चढ्दै आएका छन् । हाल मात्र उनका आधा दर्जन कार्यकर्ताहरुले साेही गाडी लिएर माैजमस्ती गरिरहेका छन् । उनी निकटका वडाध्यक्ष संजय पटेलका भाई धनन्जय पटेल सहितका आधा दर्जन कार्यकर्ताहरुले साेही गाडी लिएर हेटाैंडा, चितवन, पाेखरा भ्रमणमा निस्केका छन् । गाउँपालिकाकाे सरकारी गाडीमा माैजमस्ती गरिरहेकाे तस्बिरहरु उनीहरुकाे फेसबुक पेज मै प्रस्ट रुपले देख्न सकिन्छ ।

गाउँपालिकाकाे कामकाे लागि प्रयाेग गर्नु पर्ने सरकारी गाडीमा जनप्रतिनिधिकाे श्रीमानकाे साथ साथै उनका कार्यकर्ताहरु भ्रमण गर्नुले सरकारी सम्पतीकाे दाेहन भएकाे गाउँबासीकाे भनाई छ । यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान पनि जरुरी रहेकाे देखिन्छ ।

यश विषयमा बुझ्न कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष बरैनीसंग फोनमा सम्पर्क गर्न खोज्दा उनका श्रीमान राधाकिशुन चौरसियाले फोन उठाएका कारण सम्पर्क हुन सकेन । उनका श्रीमान चौरसियाले आफू वीरगंजस्थी भिस्वा होटलमा एउटा कार्यक्रममा रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज